‘जब तक हे जान’ अमेरिकी बक्स अफिसको टपटेनमा

Tika | 03:56 | 0 comments


एजेन्सी, मंसिर ६ । दीपावलीको अवसर पारेर रिलिज गरिएको बलिउड फिल्म ‘जब तक हे जान’ अमेरिकी फिल्मको बक्स अफिसमा शीर्ष १० स्थानभित्र पर्न सफल भएको छ । बलिउडमा रोमान्सका ‘बादशाह’ नामले चर्चित निर्माता–निर्देशक यश चोपडाको अन्तिम फिल्म जब तक हे जान हलिउडका कयौं ठूलो फिल्मका अगाडि आठौं नम्बरमा पर्न सफल भएको हो ।

न्यूर्योक टाइम्सका अनुसार अमेरिकी बक्स अफिसको शीर्ष स्थानमा ‘ट्वीलाइट सागाःब्रेकिङ डन–२’ रहेको छ । यस फिल्मले अमेरिका र क्यानडामा गरेर १४ करोड ११ लाख डलर कमाई गरेको छ ।

त्यस्तै ‘स्काईफल’ नामक फिल्मले ४ करोड ११ लाख डलर आम्दानीगरी उक्त सुचीको दोस्रो स्थानमा छ भने ‘लिंकोल’ नामक बलिउड फिल्म तेस्रो स्थानमा रहेको छ । जसले २ करोड १० लाख डलर आम्दानी गरेको जनाइएको छ ।

हलिउड फिल्मको बर्चश्व रहने उक्त बक्स अफिसको आठौं स्थानमा रहेको जब तक हे जानले जम्मा १३ लाख डलर मात्रै आम्दानी गरेको छ । उक्त बक्स अफिसमा कुनै पनि भारतीय फिल्मले स्थान बनाउनु दुर्लभ कुरा हो ।
फिल्ममा नायक शाहरुख खान र नायिकाहरु कैटरिन कैफ र अनुष्का शर्माको मूख्य भूमिका रहेको छ ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments