विवाह गर्न नमानेको निहुँमा एक किशोरीको बलात्कार !!

Tika | 10:02 | 0 comments

मङ्सिर १५- महिला हिंसाविरुद्ध देशभर १६ दिने अभियान चलिरहेको अवस्थामा मुगुको गाउँमा भने विवाह गर्न नमानेको निहुँमा एक किशोरी बलात्कारीको निर्मम सिकार बन्न पुगेकी छिन्। रोवा गाविस-६ निवासी १७ वर्षीया किशोरीलाई रुगा गाविस-३ थार्पा बस्ने २० वर्षको रामसिंह बोहराले गत मङ्गलबार राति १२ बजेतिर जबर्जस्ती बारीमा लगेर बलात्कार गरेको बताइएको छ। किशोरीलाई विवाहको लागि प्रस्ताव गरिएको तर उनले विवाह गर्न नमानेकीले बलात्कार भएको रोबा गाविस-३ निवासी रुपबहादुर बुढाले बताए। पीडित किशोरीको उजुरीमा प्रहरीले अभियुक्त बोहरालाई निजकै घरबाट आज पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको निमित्त प्रहरी नायब उपरीक्षक दिनेश भण्डारीले बताउनुभयो। किशोरी कक्षा ८ मा अध्ययनरत् छात्रा हुन्। रासस

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments