सुन्दै अचम्म बाख्राले जन्मायो सुँगुरको पाठा !!
१० मङ्सिर : बाखाले सुँगुरको पाठा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बने । गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले शनिबार बिहान सुँगुरको पाथा जन्माएको थियो । बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको पाठा जन्माएपछि हेर्नका लागि उहाँको घरमा सर्वसाधारणको घुइँचो लागेको थियो । बिहान ८ बजेतिर जीवितै जन्मेको बच्चा तीन घन्टापछि मरेको स्थानीयवासी धीरेन्द्र साहले जानकारी दिनुभयो ।
Category: News
0 comments