आफैले खेलाएको बन्दुक अचानक पड्किएर १ जनाको मृत्यु !!

Tika | 09:49 | 0 comments

पुष १ । भरूवा बन्दुक पड्किएर इलामको शान्तिपुरका एक किशोरको ज्यान गएको छ । शनिवार साँझ बारूद भरिएको बन्दुक खेलाउने क्रममा अचानक पड्किँदा शान्तिपुर गाविस वडा नम्बर २ का १६ बर्षीय अर्जुन राईको ज्यान गएको हो । आफ्नो घरमा भएको बन्दुक खेलाउँदै गर्दा अचानक पड्किएर उनको निधारमा गोली लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो । घटनासम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments