सडक दुर्घटनामा डिएसपीसहित चार सुरक्षाकर्मीको मृत्यु
धनुषा जिल्लाको नकटाझिंझमा गएराति भएको सवारी दुर्घटनामा चारजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बर्दिवासको बा.१झ ५९८७ नं को भ्यान र ना.२ख ५९४० नंको श्रीराम उच्च मावि जनकपुरको शैक्षिक भ्रमणमाको बस एक अपासमा जुद्धा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी उपरीक्षक विष्णुकान्त पाठक, नायव निरीक्षक कुमार दाहाल तथा सिपाहीहरू बब्लु लामा र विक्रम शाही रहेका छन् । पाठक र दाहालको घटनास्थलमै मृत्यु भएको थियो भने सिपाहीहरू लामा र शाहीको उपचारका लागि धरान लैजाने क्रममा लहानमा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सशस्त्र प्रहरीहरू गुमानसिंह थारु र रामु रानामगरलाई थप उपचारका लागि धरान पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू दुवैको अवस्था चिन्ताजनक रहेको छ ।
दुर्घटनामा घाइते भएका अन्य १२ जना सामान्य उपचारपछि घर फर्किसकेका जनकपुर अञ्चल अस्पतालले जनाएको छ । बसचालक फरार रहेको र बसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ
Category: News
0 comments