Nurse Duped In Kate Middleton And Prince William Prank Found Dead

Tika | 17:06 | 0 comments

लण्डन, २३ मंसिर। कहिलेकाही बिचारै नपुर्याई गरेको ठट्टा र मजाक कसैको जीवनको बरबादी हुन्छ भन्ने थोरैलाई हेक्का होला। यस्तै भयो बेलायती महारानी र युवराजको नाममा गरेको नक्कली फोन कलले एक जना नर्सको जीवन वर्बाद भएको छ। नक्कली व्यक्तिलाई बेलायती राजकुमार पत्नी केट मिडलटनबारे फोनमा बेलिविस्तार लगाएकी भारतीय मूलकी ४६ वर्षीया नर्स जैसिन्था सैल्दान्हाको ज्यान गएको छ। नक्कली व्यक्ति महारानी एलिजाबेथ र युवराज चार्ल्स ठानेर केटको सम्पूर्ण विवरण बताएपछि लाचार भएकी नर्सले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। नक्कली फोन कलले एकातिर नर्सको ज्यान गएको छ भने अर्कोतिर नक्कली फोन गर्ने अष्ट्रेलियाको टुडे रेडियोका सञ्चालकद्वय मेल ग्रेग र माइकल क्रिस्चियन निलम्बनमा परेका छन्।


Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments