वैद्यपक्षीय र माओवादीवीच भाटा हानाहान हुँदा दाहाल गम्भीर घाइते

Tika | 07:54 | 0 comments


१८ वैशाख, मोरङ । मजदुर दिवसका दिन एमाओवादी र वैद्यपक्षीय माओवादीवीच गुडिरहेको गाडीको छतमै भाटा हानाहान हुँदा बुधबार मोरंगको बेलबारीमा एमाओवादीका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

 बयरवन-८, रमाईलोबाट एमाओवादीको आमसभामा भाग लिन गाडी चढेर इटहरीतर्फ आइरहेका कार्यकर्ता डम्बरबहादुर दाहाललाई गाडी चढेर विपरीत दिशातिर गइरहेका वैद्य पक्षका कार्यकर्ताले गाडीको छतबाटै भाटाले हानेर शक्तघाइते बनाएका हुन् । पूर्व झापातर्फ जाँदै गरेको बसको छतबाट एमाओवादी कार्यकर्ता चढेको बसको छतमा वैद्यका कार्यकर्ताले भाटा प्रहार गरेका थिए । भाटा प्रहारबाट अर्को बसको छतमा रहेका दहाललाई लागेको थियो ।

उनको कन्चटमा गहिरो चोट लागेको छ स्थानीय पत्रकारभक्तशेर लिम्बुले अनलाइनखबरलाई जानकारी दिनुभयो । बेलबारीस्थित नोबेल सामुदायिक उपचारकेन्द्रमा राखिएका दाहालको टाउकोमा पन्ध्र टाँका लगाइएको छ । उनका तीनवटा नसामा समेत असर परेको चिकित्सकले बताएका छन् । उनको बेलबारी नोवेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । यसैवीच एमाओवादीले विज्ञप्ति प्रकाशित गरेर वैद्यका कार्यकर्ताले गरेको व्यवहारलाई अमानवीय हर्कत बताएको छ । 
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments