Home �
TV Show
� नागरिक सभामा मनोज गजुरेलको ब्यङ्ग्य, कसले के भने ? (भिडियोसहित)
npnews |
04:02 |
0
comments
जेष्ठ १५ । नागरिक समाज र पेशागत संघ सस्थाहरुको सञ्जाल पापडले सरकारी तवरमा मनाईएको गणतन्त्र दिवस समारोह बहिष्कार गरी अलग्गै गणतन्त्र दिवसको कार्यक्रम गरेका छन् । उनीहरुले राजधानीको नयाँबानेश्वरचोकमा नागरिक गणतन्त्र दिवस समारोह आयोजना गरी गणतन्त्रको रक्षा र सरकारको विरोधमा अभियान सुरु भएको घोषणा गरे ।
नागरिक अगुवाहरुले खिलराज रेग्मीको सरकार प्रतिगमनकारी भएको आरोप लगाउंदैे रेग्मीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र कानून व्यावसायी शम्भु थापाले खिलराज सरकार नागरिकका अधिकार हनन् गर्न लागि परेको आरोप लगाए ।
निर्वाचनको मिति घोषणा गर्न खुट्टा कमाउने सरकारले कुनै हालतमा निर्वाचन गर्न नसक्ने उनीहरुको दाबी थियो । सभामा कलाकार मनोज गजुरेलले सरकारप्रति ब्यङ्ग्य प्रस्तुत गरेका थिए ।
Category:
TV Show
NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info
0 comments