Home �
TV Show
� जापानमा १५ वर्ष थुनामा बसेका मैनालीलाई झण्डै ७ करोड क्षतिपूर्ती
npnews |
03:08 |
0
comments
एक जापानी महिलाको हत्याको आरोपमा १५ वर्ष जेल जिवन विताएका नेपाली नागरिक गोविन्द प्रसाद मैनालीले क्षतिपूर्ती पाउने भएका छन् । मैनालीलार्इ जापान सरकारले क्षतिपूर्ती वापत ६ करोड ८० लाख जापानी येन उपलब्ध गराउने भएको हो । आफ्नो माग बमोजिम नै अदालतको फैसला आएको भन्दै मैनालीले चाँडै नै क्षतिपूर्ति वापतको रकम हात पर्ने प्रतिक्रिया दिएका छन् । अदालतको आदेशपछि जापानी कानून व्यवसायीहरुले क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
जापानमा रोजगारीका लागि गएका मैनालीमाथि बलात्कारपछि हत्याको अभियोग लगाई १५ बर्ष थुनिएको थियो । तर, उनी निर्दोष सावित भएपछि गत वर्ष उनलाई रिहा गरिएको थियो ।
Category:
TV Show
NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info
0 comments