भारतको लद्दाखबाट सेना फर्काउने विषयमा चीनले अस्वीकार !!!!

Tika | 17:02 | 0 comments

भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होस् !!!

२० वैशाख, बेइजिङ । लद्दाखको देपसाङ उपत्यकामा आइपुगेका सेना फर्काउने विषयमा चीनले समयसीमा तोक्न बिहीबार अस्वीकार गरेको छ र यस विषयका कारण दुइ मुलुकबीच सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको र यसलाई वार्ताद्वारा छिटै उचित रूपमा समाधान गरिने बताएको छ । 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिइङले पत्रकारहरूलाई जानकारी दिने क्रममा चिनियाँ सेनाले भारत तथा चीनबीच वास्तविक नियन्त्रण रेखाको सामान्य निरीक्षण गरेको बताइन् । 
प्रवक्तालाई दौलत बेग ओल्दीमा राखिएका चिनियाँ सेना कहिलेसम्म त्यहाँ रहने छन् भन्ने प्रश्न गरिएको थियो । 
प्रवक्ताले चीन तथा भारतले यस विषयमा पूर्ण तथा उचित समाधानका लागि वार्ता गरिरहेको उल्लेख गरिन् । यस विषयमा हालको चरणमा दुइ मुलुकका सैनिक अधिकारी तथा सीमासम्बन्धी समस्या समाधान गर्न गत वर्षगठन गरिएको दुइ मुलुकबीचको संयन्त्रमा छलफल भइरहेको छ । 
उनले सीमामा शान्ति कायम गर्नु दुवै मुलुकको हितमा हुने पनि उल्लेख गरिन् । 
उनले आमसञ्चारले यस विषयमा थप समय दिने तथा संयम अपनाउने आफूले आशा गरेको र यसलाई वार्ताबाट उचित रूपमा समाधान गरिने पनि उल्लेख गरिन् । 
उनले यस विषयमा सम्बन्धित संयन्त्रमार्फ दुवै पक्षले वार्ता तथा सर्म्पर्क गरिरहेको पनि उल्लेख गरिन् । 
उनले दुवै मुलुकले एक अर्काको अवस्थाका विषयमा थप जानकारी प्राप्त गरेको र दुवै मुलुक यस विषयका सम्बन्धमा मैत्रीपर्ूण्ा वार्ता तथा समाधान गर्न तथा सीमामा शान्ति स्थापना गर्न इच्छुक तथा सक्षम रहेको बताइन् । 
उनले विद्यमान संयन्त्रले समस्या छिटै समाधान गर्न कार्य गरिरहेको पनि उल्लेख गरिन् । 
उनले सीमासम्बन्धी विषय ऐतिहासिक विषय भएको र सीमासम्बन्धी विषयले दुइ पक्षीय सम्बन्धमा प्रभाव पार्न नहुने विषयमा दुवै पक्षबीच महत्वपूर्ण मतैक्यता भएको बताइन् । रासस/पीटीआई

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments