काठमाण्डौमै गयो पहिरो,एक जनाको ज्यान गयो, २ जना घाइतेभिडीयो हेर्नुस !!!

npnews | 03:58 | 0 comments

काठमाडौं,जेठ १७ । काठमाडौ महाराजगञ्जको शिक्षण अस्पताल पछाडि ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने अरु दुईजना घाइते भएका छन् । अस्पताल पछाडि खाडीपाखामा रहेको सुकुम्बासी बस्तीमा ढिस्को भत्किएर पुरिएका सप्तरीका १५ वर्षिय रामभगत रामको ज्यान गएको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएका सप्तरीका २५ वर्षिय शिवा नन्दराम र सुनसरीका ६० वर्षिय देवीलाल मण्डलको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । थप मानिस पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उद्धारका लागि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा जुटेका छन् । सुकुम्बासी बस्ती रहेको र पानी परेर स्थानीय खोल्सो बढेकाले उद्धारमा कठिनाई भएको युद्ध भैरब र भैरबनाथ गणबाट खटिएको नेपाली सेनाले जनाएको छ । घटना आज विहान भएको हो ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments