उत्तर कोरियाले नटेरेपछी दक्षिण कोरियाले फर्कायो आफ्ना बाँकी कामदार

Tika | 15:59 | 0 comments

पुरा भिडीयो हेर्नको लागि तल बक्समा क्लिक गर्नु होला !!!!


२० वैशाख, सोल । उत्तर कोरियाको केसोङ संयुक्त औद्योगिक क्षेत्रमा बाँकी रहेका दक्षिण कोरियाली सात कामदार शुक्रबार त्यहाँबाट फिर्ता भएका छन् भने यसबाट नौ वर्षअगाडि यो औद्योगिक क्षेत्र स्थापना भएपछि यो क्षेत्र पूर्व रूपमा ठप्प भएको छ । हालसम्म यस औद्योगिक क्षेत्रका विषयमा दुई कोरियाबीच सहमति बन्न सकेको छैन् ।
यस क्षेत्रमा उत्तर कोरियाका ५३ हजार कामदार तथा सयौँ दक्षिण कोरियाली व्यवस्थापक पनि काम गर्थे । उत्तर कोरियाली कामदारको पारिश्रमिक तथा करका विषयमा छलफल गरी दक्षिण कोरियाली सात कामदार पनि त्यहाँबाट फर्केपछि अब दुई कोरियाबीच सम्पर्कका कुनै पनि बिन्दु बाँकी छैन ।
उत्तर कोरियाली कामदारको तलब तथा करका लागि एक करोड ३० लाख अमेरिकी डलरसहित दुई गाडी सातबजे उत्तर कोरिया गएको र ती रकम लिएर गएका दक्षिण कोरियाली नागरिक तथा गाडी स्वदेश फर्केको बताइएको छ । रासस/एपी

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments