कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अन्योलमा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
म्याग्दी – म्याग्दीमा निर्माण हुन लागेको एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अलपत्र परेको छ। विद्युत् विकास विभागसँग विवाद परेपछि कालीगण्डकी गर्जको अनुमतिपत्र साढे दुई वर्षदेखि नवीकरण भएको छैन। कालीगण्डकी नदीमा निर्माण हुन लागेको आयोजनाको अनुमति नविकरण हुन नसक्दा इआइए रिपोर्ट स्वीकृत र पिपीए सम्झौता हुन सकेको छैन।
अन्योलका कारण लगानीकर्ता फिर्ता हुने सम्भावना बढेको छ। विद्युत् विकास विभागको ढिलासुस्तीले इआइए र पिपीए हुन नसकेको हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए। उनले अनुमति नवीकरण रोकिएकाले लगानीकर्ता फर्कने चिन्ता व्यक्त गरे।
हाइड्रो सोलुसन काठमाडौँको प्राविधिक परामर्शमा निर्माण हुन लागेको आयोजनामा नेपाली सीप र ज्ञानको उपयोग गरिने बताइएको छ। रु पच्चीस अर्ब लगानी हुने यो आयोजनाका लागि भारत, अमेरिका, क्यानाडाका लगानीकर्ताले इच्छा देखाएका छन्।
आयोजनाले तीन वर्षअघि प्रभावित क्षेत्रमा ३०० रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरी रु तीन करोड मुआब्जा पनि वितरण गरेको थियो। मुस्ताङको घाँसामा बाँध बाँधेर पाँच किलोमिटर सुरुङमार्फत म्याग्दीको नारच्याङ गाविसमा विद्युत्गृह बनाइने यो आयोजना सन् २०१४ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपनि अझसम्म निर्माण सुरु नहुँदा अन्योलता बढेको छ। रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला Category: News


0 comments