प्रहरी दमनमा परेका ५ जना कमलरीको अझै होस खुलेन

npnews | 03:16 | 0 comments

जेठ २० । प्रहरी दमनमा परेका ५ जना कमलरीको अहिले सम्म पनि होस खुलेको छैन । हिजो सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमनगर्दा २५ कमलरी घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको अहिलेसम्म पनि अचेत रहेका छन् । उनीहरुको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । २५ जना घाइतेमध्ये पाँच जना उपचार गरेर पर्केपनि अन्यको उपचार भइरहेको छ । आन्दोलनका लागि काठमाडौं आएका ३५ जना मध्ये २५ जना घाइते भएपछि आजको सिंहदरबार घेराऊ स्थगन गरिएको छ । हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो । भोलि तराईका २२ जिल्लामा अनिश्चिकालीन बन्दको आह्वान गरिएको सयुक्त संघर्ष समितिले जनाएको छ । थप आन्दोलनका कार्यक्रममा लागि आज दिउँसो बैठक बसेर तय गरिने सयुक्त संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका सचिव सन्तोष दहितका अनुसार दिउँसो १२ बजे नागरिक समाज सहितको बैठकले थप आन्दोलनका कार्यक्रम तय गर्नेछ । पश्चिम नेपालका थारु किशोरीहरुलाई मोलमोलाई गरेर घरेलु कामदारको रुपमा राख्ने कार्यलाई कमलरी भनिन्छ । सरकारले आफ्ना मागको सनुवाई नगरेको भन्दै अनिश्चितकालीन आन्दोलनमा उत्रीएको समितिले जनाएको छ । मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् । पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन् ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments