Sajha Sawal Episode 319: Access to Health Services in Far West

npnews | 07:34 | 0 comments

यो साझा सवाल हामीले अछाम सदरमुकाम मंगलसेनमा तयार गरेका छौं । अछाम नेपालमा सबैभन्दा धेरै एचआईभी संक्रमितहरु रहेको जिल्ला हो । भौगोलिक विकटता, पर्याप्त अस्पताल, डाक्टर र औषधी नहुँदा स्वास्थ्यका हिसावले अछाम मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लाहरु निकै पछाडि परेका छन् । सुदूरपश्चिममा कसरी स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पुयाउन सकिएला त? स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँचको बारेमा आज हामी अछामको मंगलसेन दरबारको आँगनमा बहस गर्दैछौं । डोटी, अछाम र बाजुराका तीन सयभन्दा धेरै सहभागीहरुको बीचमा रेकर्ड गरिएको साझा सवालमा सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख रामप्रसाद ओझा, जिल्ला जनस्वास्थ्य कार्यालय, अछामका प्रमुख डा. रामबहादुर केसी, न्याय हेल्थ बयलपाटा मेडिकल डाइरेक्टर श्रीराम तिवारी र स्वास्थ्य स्वयंसेविका एवं एचआईभी संक्रमित सुशीला रावल हुनुहुन्छ ।

Category: , ,

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments