साझा सवाल: मेडिकल कलेजहरुले सम्वन्धन लिदाँ करोडौं चलखेल

npnews | 10:54 | 0 comments

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मेडिकल अध्ययन संस्थानको शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनसनसँगै मेडिकल शिक्षाको बेथिति चर्चा चुलिएको छ । चिकित्साशास्त्र पढाउने मेडिकल कलेजहरुले सम्वन्धन लिदाँ करोडौं रकम चलखेल हुने भन्दै डाक्टरहरु दुई सातासम्म आन्दोलनमा उत्रिए । देशभरका डाक्टरहरु आन्दोलनमै उत्रिनुपर्ने गरी मेडिकल शिक्षामा के कस्तो खालको अनियमितता भइरहेको छ? मेडिकल कलेजहरुको सम्वन्धनमा हुने अनियमितताको बारेमा भएको यो छलफलमा आन्दोलनमा रहेका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष तथा नेपालमा चिकित्साशास्त्र अध्ययन अध्यापन गर्ने गराउने नियमन गर्ने नेपाल मेडिकल काउन्सिलका पदेन सदस्य डा. अन्जनीकुमार झा, नेकपा एमालेका सभासद एवं प्रस्तावित मनमोहन मेडिकल कलेजका अध्यक्ष राजेन्द्र पाण्डे र मेडिकल कलेजहरुको अनियमितताबारे अध्ययन गर्न सरकारले बनाएको विशेषज्ञ टोलीका सदस्य डा. बाबुराम मरासिनी हुनुहुन्छ ।

Category: ,

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments