पोष्टरमा आफ्नो तस्बिर नराखे निर्देशकको खुट्टा भाच्ने नायक को हुन ?

Tika | 20:11 | 0 comments


सिनेमा क्षेत्रमा आफ्नो स्थान बलियो बनाउन भन्दा पनि केही दिन चर्चामा आउनकै लागि रजतपटमा प्रवेश गर्ने कलाकारको उपस्थिती बाक्लिदै गएको छ ।
यसैक्रममा एक नायकले पोष्टरमा आफ्नो फोटो नराखेको भन्दै निर्देशकको खुट्टा भाच्ने धम्की दिएका छन् । चलचित्र ‘चन्द्रावती’ का नायक कुशल थापाले प्रचारका लागि तयार पारेको पोष्टरमा आफ्नो फोटो नराखेको भन्दै निर्देशक राजु गिरीको खुट्टा भाच्ने धम्की दिएका हुन् । पोखरामा रहेका कुशलले राजुलाई सिनेमा चलाउन पोखरामा त आउनु पर्छ नि हैन, म केटा लगाएर खुट्टा भाचिदिन्छु भन्दै धम्की दिएको श्रोतले बताएको छ । कुशलले निर्माता संजय बुलुनलाई पनि पोखरामा सिनेमा चलाउन आउनु पर्ला नि हैन भन्दै घुमाउरो पाराले धम्की दिएका छन् ।
कुशलले अहिलेको समयमा राजेश हमाल , आयुष रिजाल भन्दा आफु नै चल्ने भन्दै धम्की दिएका छन् । यसबारेमा वुझ्न खोज्दा निर्माता संजय बुलुनले आफ्नो लगानी रहेकाले को कलाकारलाई कस्तो स्थान दिने भन्ने निर्णय आफ्नो हुने बताए ।
मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चन्द्रावती’ मा राजेश हमाल, युना उप्रेती, शशि खड्का, आयुष रिजाल, शशि खड्का, कुशल थापा लगायतका कलाकारको अभिनय छ । एक ऐतिहासिक कथावस्तुमा तयार भएको चलचित्रमा आयुष र शशिको उत्तेजक दृश्य समेत समावेश गरिएको छ । यो दृश्यका कारणले पनि चलचित्रले अहिले बजार तताइरहेको छ ।
Onlinekhabar

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments