बाराक ओबामा ले ट्वीटरमा बिस्व कृतिमान राखे

Tika | 06:31 | 0 comments

अमेरिकामा आबामा मात्र लोकपि्रय छैनन् उनको ट्वीटको लोकपि्रयताले पनि अहिलेसम्मको सबै रेकर्ड तोकेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको दिन कुल ३.२० करोड ट्वीट भएको छ, जसमध्ये सवा २ करोड चुनावको पहिलो चरणको मतदान लगतै भएको थियो । जित लगतै गरिएको आबामाको ट्वीट ‘थप चार वर्ष’ आबामाको अहिलेसम्मको सर्वाधिक रिट्वीट भएको ट्वीटरले जनाएको छ । जब ओबामालाई विजयी घोषणा भयो, त्यसबेला अमेरिकामा ३ लाख २७ हजार ४ सय ५२ ट्वीट प्रतिमिनेट थियो । उक्त समय चुनावको क्रमको सबैभन्दा बढी ट्वीट भएको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको दिन ट्वीटरमा अधिकांश मानिस सक्रिय रहे । प्रतिमिनेट १३ हजारभन्दा बढी ट्वीट चुनावकै विषयमा भएको थियो ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments