हिन्दी सिरिएल ‘सीआइडी’ मा अमिर खान

Tika | 16:58 | 0 comments


बलिउड नायक अमिर खान आफ्नो सिनेमाको प्रमोशनका लागि कुनै कसर बाँकी राख्दैनन् । नोभेम्बर ३० मा प्रदर्शनमा आउन लागेको अमिर अभिनित चलचित्र ‘तलाश’ अहिले प्रतिक्षामा छ । सस्पेन्स कथाबस्तुमा तयार भएको यो सिनेमामा अमिर एक प्रहरी अफिसरको भुमिकामा देखिएका छन् । यसैले पनि उनले आफ्नो सिनेमाको प्रमोशनका लागि एक चर्चित सिरियलको साहारा लिएका छन् ।
सोनी टेलिभिजनबाट बिगत १५ बर्षदेखि प्रशारण हुदै आएको ‘सीआइडी’ नामक सिरियलमा अमिरले अभिनय गरेका छन् । उनी यो सिरियलको २ भागमा देखिदैछन् । सिरियलका कलाकारहरुले विश्वकै चर्चित कलाकार भएर पनि अमिरमा कुनै घमण्ड नभएको प्रतिक्रिया दिएका छन् ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments