महिला ट्वाइलेटमा लुक्ने पुरुषलाई अनौठो सजाय
आफ्नो यौन सन्तुष्टिका लागि महिला शौचालयमा गएर अरुको गोपनियता भंग गरेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो । यद्यपी उनले यसलाई अस्वीकार गरेका छन् । घटना केही समय अघिको हो । उनले आफ्नो यौन सन्तुष्टिका लागि म्याकडोनाल्डको एक रेष्टुरेन्टको महिला शौचालयमा लुकेर बसेको र एक महिलाले देखेपछि कर्मचारीलाई खबर गरेको डेलिमेलले जनाएको छ ।
सुखबीरलाई रेस्टुरेन्ट वाहेकका स्थानमा पनि महिला कक्ष र ट्वाइलेटबाट समेत टाढा रहन आदेश दिएको छ ।
६ महिनासम्म उनीमाथि नजर राखिनेछ भने १२ महिनासम्म सामुदायिक सेवामा योगदान दिनु पर्नेछ । यस्तै दुई जना महिलालाई ५०-५० पाउण्ड क्षतिपूर्ति दिनु पर्नेछ भने कानूनी खर्चका लागि ६ सय २० पाउण्ड दिनु पर्नेछ ।
Category: Enews
0 comments