Home �
News
,
Wonders
� बाघले क्यामरा चोरीदिएपछी......
Tika |
15:48 |
0
comments
तपाईको क्यामेरा कतै खस्यो र जब त्यो क्यामरा लिन जानु भयो त्यहाँ एउटा बाघले उक्त क्यामरा खेलाइरहेको देखे तपाई के गर्नुहुन्छ । सायद टुलुटुलु हेर्नु बाहेक अरू केही गर्ने साहस तपाईले गर्नुहुन्न । यस्तै समस्यामा परेका छन् एक जोडि । भारतको ताडिबा आन्धारी बाघ संरक्षण क्षेत्रमा घुम्न निस्केका एक जोडीको क्यामरा बाघले लगिदिएपछी उनीहरू टुलुटुलु हेर्न बाध्य भएका छन् । खतरनाक जनावरहरू हेर्ने र तिनको तस्विर आफ्नो क्यामरामा कैद गर्ने उत्साह लिएर संरक्षण क्षेत्रमा पुगेका ती जोडीले क्यामरामा आफूले चाहेको दृश्य कैद गर्न पाएनन् । जीपमा यात्रा गर्ने क्रममा उनीहरूको झोला खस्न पुगेको थियो तर, आफ्नो झोला जीपबाट खसेको कुरा पनि केही बेर पछि मात्र उनीहरुले थाहा पाए । जब क्यामरा लिनका लागी उनीहरू आएको बाटो फर्के उनीहरू झोला देखेर खुसी हुनुको साटो दु:खी हुन पुगे । कारण थियो, उक्त झोलामा एक बाघले आफ्ना पञ्जाहरू नचाइरहेको थियो । बाघले उक्त झोलालाई ओल्टाइ पोल्टाई गरी हेरिरहेको थियो । उक्त झोलामा के छ भन्ने कुरा त्यो बाघ जान्न चाहन्थ्यो सायद त्यसैले पनि उसले सुघ्ने र ओल्टाइपोल्टाई गर्ने गरिरहेको थियो । केहीबेर ओल्टाईपोल्टाई गरेपछी बाघले उक्त झोला आफूसँगै लग्यो । जोडी निकै चिन्तित हुँदै फर्क्यो । यो घटनालाई उनीहरुसँगै रहेका फोटोग्राफर दिपान्कर मजुम्दरले आफ्नो क्यामेरामा कैद गरेका थिए । भोलीपल्ट त्यो जोडीले झोला खसेको स्थान नजिक नै आफ्नो क्यामराको झोला फेला पार्यो । उक्त क्यामराको झोला केही पनि नबिग्रेको र सामान पनि केही नभएको अवस्थामा पाएर जोडी खुसी त भयो तर बाघलाई त्यति नजिकबाट नियाल्न पाउँदाका ती क्षण कैद गर्न नपाउँदा भने दु:खी भएको थियो । हेरौ बाघले क्यामारा चोरेको क्षणको केही दृश्यहरू...

भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस !!!
Category:
News,
Wonders
NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info
0 comments